डा. राजन भट्टराईले उद्घाटन गरे ‘फोहोरबाट मोहर बनाउने मेसिन’



३० फागुन २०७५, काठमाडौं

बूढानीलण्ठ महिला मञ्चको पहलमा स्थापना भएको बूढानीलकण्ठ हरित नगर अभियान अन्तर्गत प्लाष्टिकजन्य बोतलहरुलाई फोहोर न्यूनिकरण गर्ने कारखानाको डा. राजन भट्टराईले विशेष समारोह विच उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा डा. भट्टराईले, ‘बूढानीलकण्ठ महिला मञ्चले फोहोरजन्य बोतहरुको पुर्नप्रयोग गरी स्थानीय रोजगार, महिला सशक्तिकरण र जनचेतना जगाउन हरित अभियानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नेपाल सरकारले गर्ने आवश्यक सहयोगको लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।

दैनिक जीवनमा प्रयोग हुने पेय पदार्थ र पानीका बोतहरु मेसिनको माध्यमले च्यापेर पुनः प्रयोगको लागि विक्रि वितरण गरिने बूढानीलकण्ठ महिला मञ्चकी अध्यक्ष सुशीला कठायतले परिवर्तन खबरलाई बताईन् ।

अध्यक्ष कठायतका अनुसार कारखानामा स्थानीय पाँच जनाले रोजगारी पाउनुका साथै फोहोर व्यवस्थापन आम्दानी र जनचेतनाको काम एकैपटक हुने समेत बताईन् ।

बूढानीलकण्ठ वडा नं. १ का वडाध्यक्ष सुरेन्द्र लामा र २ का वडाध्यक्ष राजेन्द्र खड्काको विशेष सहयोगमा परियोजना संचालन हुन सम्भव भएकोमा बूढानीलकण्ठ महिला मञ्चले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।

निशा बरालद्वारा संचालन गरिएको कार्यक्रमा पुष्पा भण्डारीले स्वागत मन्तव्य राखेकी थिईन् । बूढानीलकण्ठ महिला मञ्चकी अध्यक्ष सुशीला कठायतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बूढानीलकण्ठ उपप्रमुख रमादेवी राई लगायत जनप्रतिनिधि र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

  

प्रतिक्रिया दिनुहोस्