त्रिवि आंगिक कलेजमा ३३ प्रतिशत महिला प्रमुख हुनुपर्ने माग गर्दै तालाबन्दी



०१ चैत २०७५, काठमाडौं

त्रिभुवन विश्वविद्यालय अन्तर्गत संचालित आंगिक क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै त्रिविका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् ।

बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका उनीहरुले देशभरका ६१ मध्य २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । पटक पटक महिला प्रमुखको माग गर्दै आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले त्रिविका पदाधिकारीले आफूहरुको मागको सुनुवाई नगरेको आरोप लगाउँदै ५ दिनअघि त्रिवि उपकुलपति प्राडा तीर्थराज खनियाँ र हिजो बिहीबारबाट रेक्टर प्राडा सुधा त्रिपाठी र रजिष्टार प्रा डिल्लीराम उप्रेतीको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

महिला शिक्षकको आन्दोलनको कारण हिजो बिहीबार पदमकन्यामा तोकिएको परीक्षा केन्द्रसमेत परिवर्तन गरेको छ । त्रिविले पद्मकन्या क्याम्पसमा महिला प्रमुख नबनाएको झोकमा आन्दोलनमा उत्रिएका महिला प्राध्यापकले ३३ प्रतिशत आंगिक क्याम्पसमा महिला प्रमुख नियुक्ती नगरे विद्यार्थीसहित आमरण अनुसन बस्ने चेतावनी दिएका छन् । यो समाचार ईश्वारीराज ढकालले नेपाल समाचारपत्रमा लेखका छन् ।

प्रतिक्रिया दिनुहोस्