जब प्रियंकाले पति निकलाई पूर्वप्रेमिकासँग च्याट गरिरहेको भेटिन्…



०१ चैत्र २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडाले गत बर्षको नोभेम्बरमा आफ्ना प्रेमी निक जोनससँग विवाह गरेकी थिइन् । विवाहपछि अहिले निक र प्रियंका अमेरिकामा नै बस्दै आएका छन् । तर अमेरिकामा बस्दै आएपनि विभिन्न कारणले यी चर्चामा भने आइरहेका हुन्छन् ।

त्यस्तै अहिले पनि सामाजिक सञ्जालमा यी दुईको खुबै चर्चा भएको छ । यसपटक यी दुईको चर्चा हुनुको कारण निककी पूर्वप्रेमिका माइली हुन् । माइलीले केहीसमय अघि निकलाई आफ्नो र आफ्नी बहिनीको फोटो इन्ष्टाग्राममा पठाएकी थिइन् । जहाँ उनले पहिलाकी हट माईली भनेर लेखेकी थिइन् । जसमा निकले साच्चैँ नै तिमी हट छौँ भनेर कमेन्ट गरेका थिए । त्यस्तै उक्त फोटोमा प्रियंकाले पनि रिप्लाप्ई दिदैँ हबि इज राइट भनेर लेखेकी थिइन् ।

अहिले यहि कुरा सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । निकको प्रियंकासँग विवाह भएको भएपनि उनको माइलीसँग राम्रो सम्बन्ध रहेको छ । उनीहरु एकअर्काको राम्रो साथी भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्