जसिताको आमाबुबा प्रदिपको फ्यान, बिहेको कुरा गर्दा लजाए प्रदिप (भिडियो)



०१ चैत्र २०७५, काठमाडौँ

प्रदिप खड्का र जसिता गुरुङ अहिलेका सर्वाधिक चर्चित जोडी हुन् । चलचित्र लिलिबिली बाट जोडिएको यो जोडिलाई दर्शकले छोटो समयमा नै अत्याधिक रुचाएका छन् । सिनेवृतमा यी दुुई एकअर्काको प्रेममा रहेको चर्चा चलिरहन्छ । प्रदिप र जसिताले आफूहरु मिल्ने साथी भएको बताउँदै आएका आएपनि यी दुईको प्रेमसम्बन्धको चर्चा पनि कहिले पनि सेलाएको छैन ।

त्यस्तै अहिले यो जोडी चलचित्र लब स्टेशन को प्रमोशनमा व्यस्त छ । यसकै क्रममा यी दुई अहिले विभिन्न अन्तवार्ता दिन व्यस्त छन् । यस्तै जसिताले एक अन्तवार्तामा आफ्ना आमाबुबा प्रदिपको निकै ठूलो फ्यान हुनुभएको बताइन् । उनले आमाबुबालाई प्रदिप निकै मनपर्ने बताइन् ।

यी दुईलाई प्रेमी प्रेमिका बन्ने सम्भावना कति छ भनेर समेत सोधिने गर्छ । तर यी दुईले आफ्नो प्रेम असम्भव नै भएको बताएको आएका छन् । जसितासँग विवाहको कुरा गर्दा प्रदिप केही लजाएका पनि थिए ।

प्रतिक्रिया दिनुहोस्