पशुपतिलाई च्यालेन्ज गर्दै नेकपाका गायकले ल्याए ‘लुट्न हुन्न देश कान्छा’ बोलको गीत (भिडियो)



०१ चैत्र २०७५, काठमाडौँ

पशुपति शर्मा नेपालका निकै चर्चित लोकगायक हुन् । उनी धेरैजसो समाजसँग आधारित भएर गीत निकाल्ने गर्छन् । त्यस्तै केहीसमय अघि उनको लुट कान्छा लुट बोलको गीत युट्युबमा सार्वजनिक भएको थियो । तर निकै विवाह आएपछि उक्त गीतलाई युट्युबबाट हटाइएको थियो ।

अहिले जताततै उनकै गीतको चर्चा हुन थालेको छ । विवादित भएपनि उनको गीतलाई दर्शकलाई अत्याधिक रुचाएका छन् । अहिले पशुपति जहाँ पुगेपनि सबैल त्यही गीतको डिमाण्ड गरिरहेका हुन्छन् ।

अहिले पशुपतिको गीतलाई च्यालेन्ज दिएर नेकपा पार्टिका एक गायकले नयाँ गीत निकालेका छन् । उनले लुट्न हुन्न देश कान्छा बोलको गीत निकालेका छन् । उनको गीतमा प्रचण्ड अहिले निकै खुसी भएका छन् । अहिले उनको उक्त गीतले सामाजिक सञ्जालमा निकै चर्चा भने पाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्