सोचौ, हेक्का राखौ ,परिपक्क निर्णय गरौ – सुदेेेश पराजुली 



१ चैत २०७५, काठमाडौं

नेपाली जनताको लामो बलिदानिपुर्ण संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ । लामो समयपछी स्थायी र दिगो सरकार नेपाली जनताले चुनेका छन सगै विश्वलाई नयाँ सन्देश दिनेगरी नेपालमा बलियो कम्युनिस्टको सरकार बनेको छ ।

दुई ठुला कम्युनिस्ट पार्टी ऐतिहासिक एकताको अन्तिम चरणमा छन तर पनि एकता प्रक्रिया कहाँ र कता अलमल परेको छ भन्ने कुराले आम नेता ,कार्यकर्ता, जनतामा गम्भीर निराशा पैदा भईरहेको छ । तर बर्तमान सन्दर्भले हर कोहि देशभक्त ,प्रगतिशील नेपाली नागरिकको निधारमा चिन्ताका घेराहरु देखिन थालेका छ्न ।

भखर मात्र सरकार र सि.के राउत विच भएको सम्झौता र सि.के.राउतले तत्पश्चात गरेका गतिविधि अत्यन्तै निन्दनीय र आपतिजनक छन । सरकारले कुनै पनि पक्षसंग सम्झौता गर्दा संविधानको मुल मर्म र भावनामा असर पर्ने खालका कुनै पनि किसिमको निर्णय किमार्थ गर्नु हुदैन । सिके राउतको तर्फबाट नै यो सम्झौता स्वत भंग गरेको छ ,त्यसैले विखण्डनकारी ,देशद्रोही सिके रावतलाई तुरुन्त कानुनी दायरामा ल्याउनु पर्छ ।

आफ्नो गौरवशाली विरासतपुर्ण इतिहासको स्मरण गर्दै ,लोकतान्त्रिक राज्यको उच्च चरीत्र प्रस्तुत गर्दै सम्पुर्ण राजनीतिक शक्तिहरुलाइ राजनैतिक तरिकाले नै तिनको हल गरिनुपर्दछ । विपल्व समुहको व्यवस्थापन राजनीतिक ढंगले गर्दा नै उचित हुन्छ राज्यको तर्फबाट बढी भन्दा बढी धैर्यता जरुरी छ विपल्व पक्षको भय र त्रासपुर्ण वातावरणमा राज्यले मलजल कदापि गर्नु हुदैन । प्रधानमन्त्री सिमित स्वार्थी घेरामा होईन पार्टीमा लामो संघर्ष र अनुभवि नेतृत्व छ पार्टी कमिटीमा व्यापक छलफल वहस बाटै नै निर्णय लिदा पार्टीलाई फाईदा हुन्छ सरकारलाई सजिलो हुन्छ यता तिर पो सोच्ने कि !!
-सुदेश पराजुली
सचीव
अनेरास्ववियु केन्द्रिय कमिटी

प्रतिक्रिया दिनुहोस्