‘मुन्द्रेको कमेडी क्लब’ मा दिलीप र निरुता आउँदा यस्तो बन्यो माहोल (भिडियो)



०१ चैत्र २०७५, काठमाडौँ

यतिबेला नेपाली चर्चित टिभी शो मध्येको एक मुन्द्रेको कमेडी क्लब पनि एक हो । केहीमहिना अघिमात्र सुरु भएको यो शो ले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएको छ । यो पूर्ण रुपले मनोरञ्जन दिने शो हो । जसलाई मुन्द्रे अर्थात जितु नेपालले सञ्चालन गर्दै आएका छन् ।

यस्तै हरेक दिने मुन्द्रेको शो मा नयाँ नयाँ कलाकार आउने गरेका छन् । अब आउने हप्तामा भने मुन्द्रेको शो मा नेपालका चर्चित नायक नायिका दिलीप रायमाझी र निरुता सिंह आउने भएका छन् । दिलीप र निरुतालाई नेपाली चलचित्र क्षेत्रमा दर्पण छायाँ जोडी भनेर पनि चिनिने गरिएको छ ।

दिलीप र निरुता आउँदा मुन्द्रेको कमेडी क्लब को माहोल नै अर्कै बनेको थियो । सबैले उनीहरुलाई निकै सम्मान गरे । त्यसका साथै मुन्द्रेको कमेडी क्लब का सदस्यले निरुता र दिलीपलाई सहनै नसक्ने गरी हसाएका थिए । दिलीप र निरुताले आफ्नो विगतका कुरा सुनाउँदै दर्शकलाई खुब मनोरञ्जन समेत थिए । जुन एपिसोड आउँदो आइतबार प्रशारण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्