बहुप्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ३’ को पहिलो गीत रिलिज, अनमोलसँग यस्तो देखियो सुहानाको केमेष्ट्रि (भिडियो)



०१ चैत्र २०७५, काठमाडौँ

अनमोल केसी नेपालका निकै चर्चित कलाकार हुन् । अहिले उनको डिमाण्ड नेपाली चलचित्र बजारमा निकै चर्को रहेको छ । यतिबेला उनी चलचित्र ए मेरो हजुर ३ को छायांकनमा व्यस्त छन् । ए मेरो हजुर ३ को लगभग सम्पूर्ण छायांकन सकिसकेको छ । भर्खरै मात्र चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ ।

एक नारायण भण्डारीको शब्द र आशिस अवरलको संगीत रहेको जीन्दगी नै भन्दिन बोलको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीको आवाज रहेको छ । निकै रोमान्टिक गीतमा अनमोल र सुहान फिचर्ड छन् । गीतमा अनमोल र सुहानाको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ ।

साथै गीतको दृश्यले पक्कैपनि दर्शकको मन जित्नेछ । चलचित्र ए मेरो हजुर ३ लाई झरना थापाले निर्देशन गरेकी हुन् । चलचित्र ए मेरो हजुर ३ यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्