‘दाल, भात, तरकारी’ को टाइटल गीत रिलिज, यस्तो लुक्समा देखिए हरिवंश र निरुता (भिडियो)



०१ चैत्र २०७५, काठमाडौँ

दाल, भात, तरकारी आउँदो बर्षको बैशाख २० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । नायिका निरुता सिंह लामो समयपछि चलचित्रमा फर्किएकाले पनि यो चलचित्र दर्शकको लागि निकै विशेष बन्ने गरिन्छ ।

केहीसमय अघि चलचित्र दाल, भात, तरकारी को भिजिट भिषामा बोलको गीत सार्वजनिक भएको थियो । जसले दर्शकको अत्याधिक माया पाउन सफल पनि भयो । भर्खरै मात्र चलचित्रको दोस्रो गीत पनि सार्वजनिक भएको छ ।

हरिवंश आचार्यको शब्द र शम्भूजित बास्कोटाको संगीत रहेको दाल, भात, तरकारी बोलको गीतमा राजेश पायल राई र स्मिता दाहालको आवाज रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार हरि, निरुता, आँचल र पुष्पलाई फिचर्ड गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्