लोकसेवाको कार्यतालिका यो वर्ष अवरुद्ध



०२ चैत २०७५, काठमाडौं

लोकसेवा आयोगको कार्यतालिका (क्यालेन्डर) यो वर्ष अवरुद्ध भएको छ । कर्मचारी समायोजनको संक्रमणकालीन अवस्थाका कारण यस वर्ष आयोगले नियमित परीक्षा सञ्चालन गर्न सकेन । वार्षिक पाँछ लाखदेखि नौ लाख लोकसेवामा सहभागी हुन्छन् ।

अघिल्लो आर्थिक वर्ष ५ लाख ५७ हजारले विभिन्न पदमा दरखास्त दिएका थिए । आर्थिक वर्ष २०७३ ७४ मा ८ लाख ४४ हजारको दरखास्त परेको थियो । सबैभन्दा धेै दरखास्न आह्वान हुने प्रशासन सेवा समुहमा यो वर्ष विज्ञापन नै गरिएन् । न्याय, संसद् सचिवालयलगायत केही सेवा समुहमा सीमित विज्ञापन गरिएको लोकसेलाले जानकारी दिएको छ । याे समाचार अन्नपूर्णमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्