०२ चैत्र २०७५, काठमाडौं
नव–गायिका ‘शुस्मा राई’ हिमाली जिल्ला सोलुखुम्बुमा जन्मिएकी हुन् ।
सोलुखुम्बुको हरियाली डाँडाहरुमा रमाउँदै अनि चिसो वताससँग वयेली खेल्दै हुर्केकी ‘शुस्मा’ गाउन अनि नाँच्नमा माहिर छिन् ।
केही समय मिडियाकर्मीको अनुभवसमेत बटुलेकी ‘शुस्मा’ बोल्नमा पनि सौखिन छिन् ।
यस्तै विशेष गाउन अनि नाँच्नु भने उनको सौख हो ।
पछिल्लो समय नेपाली सांगितिक आकाशमा धेरै श्रष्ठा तथा सर्जकहरु उडिरहेका छन् ।
जसमध्येको एक बलिया आगामी गीत संगितका एक क्यान्डिडेट्स हुन् ‘शुस्मा’ !
गाँउमा हुने विभिन्न कार्यक्रमहरुमा विशेष रुचीका साथ सहभागिता जनाउने ‘शुस्मा’ आज आएर नेपालको एक कुशल गायिका भन्न हिच्किचाउँदैनन् आम श्रोता तथा दर्शकहरु !
‘मायाँले संसार थामेन’, कत्ति जाति हुन्थ्यो प्रिय’, तथा अन्य केही लोकप्रिय गीतहरु गाईसकेकी भएपनि उनको लोकप्रियता भने ‘ईमेज लोक कलाकारः’ सिजन–२ बाट ह्वात्तै बढ्यो ।
‘शुस्मा’ले पछिल्लो समयमा ‘सारङ्गि संसार’मा पोखेकी कला अनि गलाले झनै चर्चा कमाईरहेकी छिन् ।
अन्त्यमा !
‘शुस्मा’ एक बलियो सम्भावना बोकेकी एक नव–गायिका हुन् ।
उनले अबको सांगितिक यात्रामा कहिल्यै पछाडी फर्केर हेर्नु नपरोस् !
सफलताले सगरमाथालाई होचो तुल्याओस् !
शुभकामना !
‘शुस्मा’ ‘सारङ्गि संसार’मा !