रोनाल्डो ‘प्लेयर अफ दि विक’घोषित भए !



०२ चैत्र २०७५, काठमाडौं

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गर्दै युभेन्टसलाई सनसनीपूर्ण जित दिलाएका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ‘प्लेयर अफ दि विक’ घोषित् भएका छन् ।

सो खेलमा ह्याट्रिक गरी सनसनीपूर्ण जित निकाल्दै आफ्नो टोलीलाई क्वार्टरफाइनलमा पुगाएपछि रोनाल्डोलाई यस साताको उत्कृष्ट खेलाडी घोषणा गरिएको हो ।

रोनाल्डोले यस सिजन च्याम्पियन्स लिगमा ४ गोल र इटालियन सिरी ‘ए’ मा १९ गोल गरिसकेका छन् ।

यस्तै लिभरपुलका साडियो मानेको गोल ‘गोल अफ दि विक’ घोषित भएको छ । उनले बायर्न म्यूनिखविरुद्ध गरेको गोल उत्कृष्ट गोल ठहरिएको हो ।

प्रतिक्रिया दिनुहोस्