०२ चैत २०७५, काठमाडौं
सगरमाथा एजुकेसनल एकेडेमीको आयोजनामा भएको गर्ल्स फुटसलको फाईनल खेलमा छहारी सदनले ४–० गोल अन्तरले एनके मेमोरियललाई पराजित गरेको छ ।
प्रथम पुरस्कार छहारी सदनले नगद रु १५ हजार, द्वितीय एनके मेमोरियलले नगद रु आठ हजार, तृतिय पुष्पलाल एकेडेमीले नगद रु पाँच हजार सहित शिल्ड, ट्रफी प्रमाण पत्र हात पार्न सफल भएको जानकारी उक्त विद्यालयका शिक्षक गुणराज सिंखडाले जानकारी गराएका छन् ।
फागुन ३० गते देखि चैत ०२ गते सम्म भएको तीन दिने गर्ल्स फुटसलको पुरस्कार वितरण कार्यक्रममा काठमाडौं क्षेत्र नं ३ का सांसद कृष्ण राईको प्रमुख आतिथ्यतामा रहेको थियो ।
बेष्ट किपर आसीका दुम्राकोटी, हाईएस्ट स्कोरर सृष्टी तामाङ्ग, बेष्ट कोच रसिक केइराला, फेयर प्ले सगरमाथा एजुकेसनल एकेडेमी लगायतले हातपार्न सफल भएका थिए ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको अध्यक्षता मित्रलाल पङ्गिनीले गरेका थिए भने संचालन गुणराज सिंखडाले गरेका थिए ।
खेलको बारेमा विस्तृत जानकारी विद्यालयका प्रिन्सिपल पुष्पराज सिंखडाले गरेका थिए । कार्यक्रममा स्वीडेनबाट आएका अतिथिहरुले समेत मन्तव्य राखेका थिए ।
धुम्बाराही स्थित धनवन्तरी फुटसलमा भएको प्रतियोगीतामा उपत्यका भित्रका २४ विद्यालयको सहभागीता रहेको थियो ।