०३ चैत्र २०७५, काठमाडौं
स्पेनिस ला लिगा फुटबलमा आज लिग लिडर बार्सिलोना र रियल बेटिसविरुद्ध खेल्ने भएको छ ।
यो खेलका लागि बार्सिलोना आज लिगको आठौं स्थानको टोली रियल बेटिसको घरेलु मैदानमा उत्रिँदैछ । खेल नेपाली समयअनुसार आज राति १ः३० बजेबाट सुरु हुँदैछ ।
बार्सिलोना हाल लिगका २७ खेल सकिँदा ६३ अंक बनाएर शीर्ष स्थानमा बसेको छ । ऊ हाल एक खेल बढी खेलेको दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा ७ अंकले अघि छ ।
यदि आज बार्सिलोनाले आफ्नो खेल जिते उसले एथ्लेटिकोसँग १० अंकको स्पष्ट अग्रता बनाउनेछ ।
यता, बार्सिलोनासँग अहिले तेस्रो स्थानको रियल मड्रिडसँग ९ अंकको अग्रता छ । आज बार्सिलोना विजयी भए रियलसँग उसको अग्रता पनि १२ मा पुुग्नेछ ।
बार्सिलोनाले लिगाका पछिल्ला ५ खेलमा ४ खेल जितेर एक खेल भने बराबरी गरेको छ ।