राजेश हमालसँग मनाए रविले आफ्नो जन्मदिन (भिडियो)



०३ चैत्र २०७५, काठमाडौँ

रवि ओड अहिलेका सर्वाधिक व्यस्त गायक हुन् । नेपाल आइडल बाट उनले नसोचेको सफलता हात पारे । अहिले उनी देश तथा विदेशका कार्यक्रममा निकै व्यस्त छन् । त्यस्तै अस्तिमात्र रविले आफ्नो जन्मदिन मनाएका छन् ।

रविले यसपटकको आफ्नो जन्मदिन महानायक राजेश हमालसँग मनाउने मौका पाए । राजेश हमालसहित विभिन्न संगीत सर्जकहरुसँग बसेर उनले आफ्नो जन्मदिन मनाएका हुन् । रविलाई राजेशले आफ्नै हातले केक पनि खुवाइदिएका थिए ।

आफूभन्दा निकै सिनियर कलाकारसँग आफ्नो जन्मदिन मनाउन पाउँदा रवि निकै खुसी भएका थिए । उनले राजेशसँग निकै रमाइलो पनि गरे । सबैले रविको लागि गीत समेत गाइदिएका थिए । रविले आफू निकै खुसी भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्