‘सारेगमपा’ को होली स्पेशल एपिसोडमा नेपालका प्रितमले दिए यस्तो धमाकेदार प्रस्तुती, सबै भए चकित (भिडियो)



०३ चैत्र २०७५, काठमाडौँ

यतिबेला भारतको चर्चित गायन रियालिटी शो सारेगमपा लिटल च्याम्प मा नेपालका दुई बालक प्रितम आचार्य र आयुष केसी ले तहल्का मच्चाइरहेका छन् । सुरुवातदेखि नै यी दुईले जर्ज र दर्शकको पनि मन जित्दै आएका छन् । हरेक एपिसोडमा निकै राम्रो प्रस्तुती दिदैँ आएका आयुष र प्रितमले यसपालिको एपिसोडमा पनि निकै धमाकेदार प्रस्तुती दिएका छन् ।

यसपटक सारेगमपा मा होली स्पेशल एपिसोड मनाइएको थियो । जहाँ सबैले होली विशेष गीत गाएका थिए । त्यस्तै नेपालका प्रितमले यति राम्रो प्रस्तुती दिए की जर्जहर पनि छक्क परे । प्रितमले आफ्नो प्रस्तुतीले सबैलाई झुमाएका थिए । अहिले उनको उक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्