०३ चैत्र २०७५, काठमाडौं
दुबै मृगौलाबाट पीडित झापा, बुद्धशान्ति (४ शान्तिनगरकी कक्षा–९ मा अध्ययनरत १५ वर्षिया नुमा हांग्मा लिम्बु (पंनेङहाङ) लाई फेसबुक ग्रुप “पुर्वेली ठिटाठिटी” को सदस्यहरूबाट रु. ८९,३६२ सहयोग हस्तान्तरण भएको छ ।
थप उपचारका लागि आर्थिक अवस्था कमजोर भएपछि ग्रुपका संस्थापक एडमिन आशिष पंगेनहाङको बिशेष पहलमा नुमा बचाउ अभियान थालिएको थियो ।
सो रकम एडमिन सिएरा लिम्बु र प्रेरणा ग्याबाबाट पीडितलाई हस्तान्तरण गरिएको हो ।
अभियानलाइ सफल बनाउन ग्रुपका अन्य एडमिन बिपिन पंगेन्हांग, अनिल थापा, तुलसी खड्कालगायत अन्य सदस्यहरूले साथ दिएका थिए ।
सदस्यहरूको साथ र सहयोगले आगामी दिनहरूमा पनि केही गर्ने हौसला मिलेको संस्थापक एडमिन आशिष पंगेनहाङले बताउनु भयो ।
केही महिनाअघि यस ग्रुपले आइतु बचाउ अभियानको लागि पनि ६२,७६८ रुपैयॉ संकलन गरी हस्तान्तरण गरेको थियो ।
नयाँअनलाइनसँग एप्समा पनि जोडिनुसक्नुहुनेछ । एन्ड्रइडको लागि यहाँ क्लिक गर्नुहोस् । त्यसैगरी हामीलाई फेसबुक, ट्वीटर र युट्युवमा पनि पच्छ्याउन सक्नुहुनेछ ।