लण्डनमा बलिउड सुपरस्टार वरुण धवनको अगांलोमा नेपाली नायिका पूजा शर्मा, वरुणले किस गर्दा लजाइन्



०३ चैत्र २०७५, काठमाडौँ

यतिबेला नायिका पूजा शर्मा चलचित्र सम्हालिन्छ कहिले मन युनिटका साथ लण्डनमा छिन् । चलचित्र सम्हालिन्छ कहिले मन चलचित्रको छायांकनको लागि केहीसमय अघि लण्डन उडेको छ । यतिबेला धमाधम चलचित्रको छायांकन पनि भैरहेको छ ।

चलचित्र सम्हालिन्छ कहिले मन मा नायिका पूजा शर्माको साथ आकाश श्रेष्ठ र सोनम तोप्देनको पनि प्रमुख भूमिका रहेको छ । त्यस्तै नायिक पूजा शर्माले लण्डनमा बलिउड सुपरस्टार वरुण धवनलाई भेटेकी छिन् ।

वरुण केही कामले लण्डन गएका थिए । सोही समयमा पूजाले वरुणलाई भेटेकी हुन् । उनले वरुण र आफ्नो फोटो आफ्नो आधिकारीक फेसकबुमा समेत सेयर गरेकी छिन् । उनले वरुणलाई निकै राम्रो अभिनेता भएको बताएकी छिन् । साथै तस्बिरमा पूजालाई वरुणको अगांलोमा देख्न सकिन्छ । वरुणले पूजालाई किस समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्