०३ चैत २०७५, काठमाडौं
गोकर्णेश्वर नगरपालिका स्थित राष्ट्रिय शहीद तथा शान्ति स्मारक जगडोलमा १७ औं राष्ट्रिय माउन्टेन बाइक एवं नवौँ राष्ट्रिय डाउनहिल च्याम्पियनसिप प्रतियोगिता शनिबार सम्पन्न भएको छ।
शनिबार भएको क्रस कन्ट्रि तर्फको खेल उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एबम नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले आयोजकलाइ धन्यबाद दिनुको साथै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।
उनले १७औ राष्ट्रिय प्रतियोगिताले नेपालको साइकिलिंग खेलको स्तर उन्नत गर्ने क्रममा महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरेका थिए। उनले नेपालमा अगाडी देखि नै नेपाल साइकिलिंग एसोसिएसन माउन्टेन बाइक साइकिलिंग स्पोर्ट्सलाइ प्रबर्धन गर्ने काममा निरन्तर रुपमा भूमिका खेलेको भन्दै प्रसंशा गर्दै आभार ब्यक्त गरेका थिए ।
उनले २०५३ सालमा आफु सदस्य सचिब हुँदा खेरि साइकिलिग़ स्पोर्ट्सको रुपमा दर्ता गर्नु पर्यो भनेर साथीहरुले प्रस्ताब ल्याउदा खेरि स्टाफहरुले साइकिलिंग पनि स्पोर्ट्स हुन्छ भनेको बिषय स्मरण गरेका थिए ।
उनले आज आफुलाई खुसि लागेको बताए। उनले केहि समयको अवधिमा नेपालमा साइकिलिंग स्पोर्ट्स एउटा युवाहरु र आम जनसमुदायको लागि आकार्षक स्पोर्ट्सको रुपमा स्थापित हुन सकेको बताउदै त्यसले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि सहभागि गरेर नेपालको साइकिलिंग स्पोर्ट्सलाइ र नेपाललाई चिनाउने काममा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको बताए।
उनले नेपालको भूगोल जसलाई हिमाल पहाड र तराइको रुपमा चिन्दछन् जहा पर्याप्त रुपमा हाम्रा पहाडहरु छन् र यो खेलको लागि उपयुक्त बातावरण पर्याप्त रुपमा रहेको बताउदै नेपालले यो खेललाई जति विकास गर्न सक्छ त्यतिनै विश्वको साइकिलिष्टहरुका लागि नेपाल गन्तब्यस्थलको रुपमा स्थापित गर्न सकिने बताए।
उनले कतिपय बिकशित देशहरुमा आफ्ना प्राकृतिक पहाडहरु नभएको ठाउमा कृतिम पहाडहरु बनाएर पनि एस्ता खेलहरु संचालन गर्ने गरेको बताउदै नेपाललाई प्रकृतिले जुन बरदान दिएको छ नेपालमा जतिपनि राम्रा पहाडहरु छन् त्यसलाई स्पोर्ट्सको रुपमा पूर्वाधार विकास गर्न सक्ने हो भने सो खेल विश्वको लागि नै नेपाल गन्तब्यस्थलको रुपमा बन्न सक्ने प्रचुर सम्भावना नेपाल संग रहेको बताए।
उनले आगामी दिनहरुमा सो कार्यलाई अगाडी बढाउन सक्ने र सरकारले पनि सो खेलको महत्वलाई बुझेर आफ्नो लगानी गर्ने त्यसको भौतिक पूर्वाधारहरु तयार गर्ने खेललाई प्राथमिकतामा राख्ने बिषयमा ध्यान दिनेछ भन्ने बिश्वास ब्यक्त गरेका थिए।
उनले आगामी डिसेम्बरको १ तारिख देखि १० तारिख सम्म नेपालमा १३ औ दक्षिण एशियाली खेलकुद आयोजना गर्न लागिरहेको बताउदै १३औ दक्षिण एशियाली खेलकुदमा २७ वटा खेलहरु परेको जसमा साइकिलिंग स्पोर्ट्स पनि समाबेश भएको बताए। उनले साइकिलिष्ट हरुको लागि त्यो खेलमा संलग्न हुनेहरुको लागि राम्रो अवसर र खुशीको बिषय भएको बताए।
उनले नेपाल ओलम्पिक कमिटीले खेलहरुलाई छनौट गर्दा विभिन्न देशका बिभिन्न प्रस्ताबहरु रहको तर आफुहरुले साइकिलिंग स्पोर्ट्सलाइ प्रथामिकतामा राखेर त्यसलाइ सहभागी गराउनु पर्छ भन्ने मान्यताको विकास गर्दै त्यसको लागि जोड दिने काम गरेको बताए।
उनले त्यसको पछाडीको मुख्य कारण भनेको दक्षिण एशियाली खेलकुदमा साइकिलिंग स्पोर्ट्सलाइ समाबेश गर्दा खेरि भोलि दक्षिण एशियाली खेलकुदमा मेडल प्राप्त गर्ने क्रममा नेपालका साइकिलिष्टहरु सफल हुन सक्छन भन्ने एउटा पक्ष र बिश्वास रहेको बताए उनले आफ्नै घरेलु मैदानमा आफुले खेलीरहेको ठाउमानै यदि त्यो साइकिलिंग स्पोर्ट्सलाइ खेलाउन सक्दा खेरि नेपालका खेलाडीहरुले राम्रो परिणाम ल्याउन र स्वर्ण पदक प्राप्त गर्न सक्छन भन्ने बिश्वास लिएको बताउदै खेलाडीहरुलाई शुभकामना ब्यक्त गरेका थिए।
उनले १ डिसेम्बर देखि १० डिसेम्बर सम्म हुने साइकिलिंग स्पोर्ट्समा आफुले भर्खरै साइकिलिंग संघका अध्यक्ष र सहिद पार्कका अध्यक्ष सुदर्शन सिग्देल संग छलफल गरेको बताउदै गोकर्णको राष्ट्रिय सहीद तथा शान्ति पार्कक्षेत्रमा दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्न सक्दा खेरि सो ठाउलाई समेत साइकिलिष्टहरुको गन्तब्य स्थलको रुपमा विकास गर्न सकिने बताए।
उनले खेलाडीहरुले अभ्यास गरिरहेको ठाउमा प्रतियोगिता गर्न सकेको खण्डमा मेडल प्राप्त गर्न सहज हुने बिश्वास ब्यक्त गरेका थिए। उनले खेलाडीहरुलाई आजका दिन देखि नै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले मेडल जित्नुपर्छ भन्ने ध्यानमा राखेर आफ्नो तयारी कार्यलाई अगाडी बढाउन अनुरोध गरेका थिए ।
उनले १७औं राष्ट्रिय माउन्टेन बाइक एवं नवौँ राष्ट्रिय डाउनहिल च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सफलताको शुभकामना ब्यक्तगरेका थिए ।