१ मिनेटमा ११३ जनालाई अंगालो हालेर नेपालका १४ बर्षीया समिरले राखे वर्ल्ड रेकर्ड (भिडियो)



०३ चैत्र २०७५, काठमाडौँ

पछिल्लो समयमा नेपालहरुले विभिन्न विधामा आफ्नो ट्यालेन्ट देखाएर वर्ल्ड रेकर्ड राखिरहेका छन् । पछिल्लो समयमा नेपालकी वन्दना नेपालले सबैभन्दा लमो नाच गरेर वर्ल्ड रेकर्ड राखेकी थिइन् । त्यस्तै अहिले फेरि उक १४ बर्षीया बालकले वर्ल्ड रेकर्ड राखेर नेपालको शिर उच्च बनाइदिएका छन् ।

१४ बर्षीया समिर तिमल्सिनाले १ मिनेटमा ११३ जनालाई अंगालो हालेर वर्ल्ड रेकर्ड राखेका हुन् । त्यसभन्दा अगाडी अमेरिकाका एक युवकले १ मिनेटमा ८६ जनालाई अगांलो हालेर रेकर्ड राखेका थिए भने नेपालका समिर तिमल्सिनाले १ मिनेटमा ११३ जनालाई अंगालो हाल्दै अमेरिकाका युवकको रेकर्ड ब्रेक गरेका छन् ।

रेकर्ड ब्रेक गरिसकेपछि समिर केही भावुक पनि भएका थिए । उनले आफूलाई यसको जानकारी आफ्नो बाबाले दिनु भएको र बाबाले साथ दिएकाले नै आफूले वर्ल्ड रेकर्ड राख्न सफल भएको समेत बताए । उनले आफूले ९० को आश गरेको तर ११३ जनालाई अंगालो हाल्दा आफैँ छक्क परेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्