करिश्मा र साराको माया पिरिम मा परे निश्चल (भिडियो)



०३ चैत्र २०७५, काठमाडौँ

जात्रा निकै सफल चलचित्र हो । जात्रा सफल भएपछि अहिले जात्रा को सिक्वेलको रुपमा अहिले फेरि चलचित्र जत्रा जात्रै प्रदर्शनमा आउने भएको छ । अहिले चलचित्र जात्रै जात्रा को छायांकन भैरहेको छ । भर्खरै मात्र चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ ।

लेखु सहयात्रीको शब्द र कृष्ण भारद्धाजको संगीत रहेको माया पिरिम बोलको गीतमा निशान भट्टराई र मनिषा पोखरेलको आवाज रहेको छ । उक्त गीतमा विपिन कार्की, बर्षा राउत, सारा सिर्पाली, निश्चल बस्नेत, करिश्मा मानन्धर लगायतका कलाकारलाई फिचरिङ गराइएको छ । लोक शैलीको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्