साफ महिला च्याम्पियनसिप : भारतद्वारा श्रीलंका ५–० ले पराजित !



०३ चैत्र २०७५, काठमाडौं

पाँचौ साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई पराजित गरेको छ ।

६–० ले विजयी भएको भारतले अब चैत्र ६ गरे हुने सेमिफाइनल खेलमा समूह ‘ख’ को उपविजेता बंगलादेशको सामना गर्ने छ भने श्रीलंकाले नेपालको सामना गर्ने छ। भारतको जितका लागि खेलको चौथो मिनेटमा ग्रेस डांमेइले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाईन् । डि–बक्स भित्रबाट सन्जुले गरेको प्रहार करसर बारमा लाग्दै फर्केको बललाई ग्रेसले उत्कृष्ट गोल गरेकी हुन् ।

त्यसको तीन मिनेट नबित्दै सन्धिया रंगनाथनले गोल गर्दै अग्रता दोब्बर पारिन । उनले सन्जुको पासमा वन टच गोल गरेकी हुन् । ३६ औं मिनेटमा इन्दुमती कथिरेसनले गोल गर्दै अग्रता ३–० को परिन् । उनले सन्जुले प्रहार गरेको बल श्रीलंकाका डिफेन्डरले क्लियर गर्न खोज्दा फर्किएको बललाई गोलमा परिणत गरेकी हुन ।

पहिलो हाफको अन्तिम मिनेटमा संगीता बासफोरेले पेनाल्टीमा गोल गर्दै भारतलाई पहिलो हाफमा ४–० को अग्रता दिलाई । सन्जुले प्रहार गरेको बल रुसानी गुनावर्दनाले ह्यान्ड गरेपछी भारतले पेनाल्टी अवसर पाएको थियो ।

जुन अवसरलाई बासफोरेले खेर फालिनन् । दोस्रो हाफमा भारतले थप गोल गर्यो । ४७ औं मिनेटमा रातनबाला देवीले गोल गरिन् । उनले सन्धियाको पासमा गोल गरेकी हुन् ।

त्यस अघि खेलको १२ औं मिनेटमा सन्जुले डि(बक्स लाइनबाट गरेको प्रहार करसर बारको केहि माथिबाट बाहिरिएको थियो । २३ औं मिनेटमा करिब ३० याडबाट डलिमा चिब्बर्ले गरेको प्रहार श्रीलंकाकी गोलरक्षक आयोमी विजेरथ्नाले बचाउ गरिन ।

इन्जुरी समयमा सन्जुको पासमा रतन बालाजुले प्रहार गरेको बल श्रीलंकन डिफेन्डर सालुमिको खुट्टामा लगेर फर्कियो । ६२ औं मिनेटमा कप्तान आसलता देवीको प्रहारलाई गोलरक्षक आयोमीले उत्कृष्ट बचाउ गरिन् ।

यस खेलसँगै सेमिफाइनल समिकरण पुरा भएकोछ ।अब फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेलमा नेपालले श्रीलंकाको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्