डीलकुमारी नेपाल , ३ चैत २०७५, धनगढी
प्रथम मुख्य मन्त्री कप अनतर धनगढीको एसएसपि चाैरमा अाईतबार भएकाे प्रतियोगितामा प्रदेश ५ ले प्रदेश ३ बिरुद्ध जित निकाल्यो ।
टस जितेर ब्याटिङ गरेको प्रदेश ५ ले ७ विकेट गुमाउदै २० अाेभरमा १४७ रनकाे जवाफि टारगेट दिएको थियो भने प्रदेश नम्बर ३ ले ६ विकेटको क्षेतीमा १२५ रन मात्र बनायो। सुमन खतिवडाले ४२ बलमा ५० रन लिइन् भने निरु उपाध्याले २० बलमा २७ रन मात्र लिईन्। प्रदेश नम्बर ५ ले भने २२ रनको फराकिलो अन्तरमा जित निकाल्यो । पिलर अफ द म्याच प्रदेश नम्बर ५ कि सरस्वती पुन भईन् ।
अाजकै दाेसाे खेलमा प्रदेश १ लाई प्रदेश ७ ले ११६ को विरुद्ध ११८ रन सहित ८ विकेटले जित हासिल गर्यो ।२० अाेभरमाको खेलमा प्रदेश १ कि राेम थापाले ३९ बलमा ४१ रन, काजल श्रेष्ठले ३० बलमा २० रन लिईन् भने जानकी भट्ट र ईश्वरीले १-१ विकेट लिन सफल भए । त्यसैगरी प्रदेश ७ की कविता कुबरले २८ बलमा ३९ रन र रेवती धामीले ३५ बल ३० रन लिन सफल भईन् । पिलर अफ द म्याच भने कविता कुवर भईन् ।
अाजकाे प्रतियाेगितामा प्रथम प्रदेश ७ भयाे भने द्वितीय प्रदेश १ रहयो। त्यसैगरी तृतीय प्रदेश ५ हुन सफल भएकाे छ । प्रतियोगिताको प्रदेश स्तरीय खेलमा ७ टिम सहभागी भएका थिए ।