०४ चैत्र २०७५, काठमाडौं
फ्रेन्च लिग वान फुटबलमा लिड लिडर पिएसजीले अर्को जित हात पारेको छ ।
गएराती भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित मार्सेइलीलाई ३–१ पराजित गरेको हो ।
घरेलु मैदानमा पिएसजीका लागि पहिलो गोल हाफको अन्तिम समयमा केलियन एमबाप्पेले गरेका थिए ।
त्यसपछि खेलको खेलको ५५औं मिनेटमा डि मारियाले बक्स भित्रबाट सट लिँदै गोल गरे । र, टिमलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि पाहुना टोलीलाई झट्का लाग्यो । ६२औं मिनेटमा मार्सेइलीका गोलरक्षक स्टिभ मान्डान्डाले पेनाल्टी क्षेत्रबाहिर हातले बल समाएपछि उनी सोझै रातो कार्ड खाँदै बाहिरिए । त्यसमा पाएको फ्रि किकमा डि मारियाले नै गोल गर्दै पिएसजीलाई ३–१ को अग्रता दिलाए ।
अब यो जितसँगै पिएसजीले २८ खेलबाट ७७ अंक जोडेको छ । ऊ
भन्दा पछि पछि २९ खेलबाट ५७ अंक जोडेको लिले दोस्रो स्थानमा रहेको छ ।