‘द भ्वाइस अफ नेपाल’ सिजन २ पनि आउँदै



०४ चैत्र २०७५, काठमाडौँ

विश्वचर्चित रियालिटी शो द भ्वाइस अफ नेपाल नेपालमा पनि आइसकेको छ । द भ्वाइस अफ नेपालले आफ्नो पहिलो सिजन निकै सफलतासँग सम्पन्न गरिसकेको छ । अब फेरि द भ्वाइस अफ नेपालले सिजन २ पनि ल्याउने भएको छ ।

केहीदिन अघि द भ्वाइस अफ नेपाल टिमले पत्रकार सम्मेलन गरेर भ्वाइस अफ नेपाल सिजन २ को घोषणा गरेको हो । द भ्वाइस अफ नेपालको सिजन २ को डिजिटल अडिसन चैत्र १० गते सकिने बताइएको छ । त्यस्तै आउँदो असारबाट हिमालयन टेलिभिजनबाट यो प्रशारणमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्