दर्शकलाई मन पर्यो अनमोल र सुहानाको जोडी, ‘जीन्दगी नै भन्दिन’ गीत युट्युबमा ट्रेन्डिङ १ मा (भिडियो)



०४ चैत्र २०७५, काठमाडौँ

अनमोल केसी अहिलेका सर्वाधिक चर्चित र व्यस्त अभिनेता हुन् । केहीसमय अघिमात्र उनको चलचित्र क्याप्टेन प्रदर्शनमा आएको थियो । जसलाई दर्शकले अत्याधिक रुचाए । अहिले अनमोल आफ्नो आगामी चलचित्र ए मेरो हजुर ३ मा व्यस्त छन् । भर्खरै मात्र चलचित्र ए मेरो हजुर ३ को पहिलो गीत सार्वजनिक भएको छ ।

जीन्दगी नै भन्दिन बोलको गीतमा अनमोल र झरनाकी छोरी सुहानालाई फिचर्ड गराइएको छ । सुहानाको यो पहिलो चलचित्र हो । चलचित्रको पहिलो गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । युट्युबमा राखेको २ दिनमै यो गीतले १४ लाख भ्यूज पाइसकेको छ । भिडियोलाई ५६ हजारले लाइक गरेका छन् भने भिडियोमा ६ हजारभन्दा बढी कमेन्ट आएको छ ।

अधिकांश कमेन्टहरु सकरात्मक रहेका छन् । दर्शकले अनमोल र सुहानाको जोडीलाई निकै रुचाएका छन् । विशेषगरी अनमोलको लुक्सको निकै तारिफ भएको छ । त्यस्तै सुहानाको सुन्दरताको पनि धेरैले तारिफ गरेका छन् । गीतको शब्द र सिनलाई पनि दर्शकले निकै रुचाएका छन् । अहिले यो गीतले युट्युबको ट्रेन्डिङ नम्बर १ मा स्थान पाएको छ । यसबाट चलचित्रको हाइप निकै बढेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्