मध्यरातमा एक्कासी किन अस्पताल पुगिन् नायिका प्रियंका चोपडा ? यस्तो रहेछ कारण



०४ चैत्र २०७५, काठमाडौँ

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा केही समय अघि भारत गएकी थिइन् । विवाहपछि उनी आफ्ना पति निक जोनसँग अमेरिकामा नै बस्दै आएकी थिइन् । उनी मुकेश अम्बानीका छोराको विहेको लागि पुगेकी थिइन् । मुकेशको छोराको विहे सकेर नायिका प्रियंका चोपडा आफ्नी आमा मधुसँग मुम्बई अस्पताल पुगेकी थिइन् । उनलाई अचानक पेटमा समस्या हुन थालेपछि उनी आमासँग अस्पताल पुगेकी थिइन् ।

केही सयम अघि प्रियंका गर्भवती भएको कुरा सार्वजनिक भएको थियो । उनी आमासँग अस्पताल पुग्दा सबैले उनी साच्चैँ नै गर्भवती भएर अस्पताल गएको अनुमान लगाएका छन् । अहिले सामाजिक सञ्जालमा यो कुराले निकै नै चर्चा पाइरहेको छ । तर प्रियंका र उनकी आमाले प्रियंका गर्भवती भएको कुरा झुटो भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्