बिसीसीआईद्वारा पुलुवा आतंकमा मारिएका शहीद परिवारलाई २० करोड !



०४ चैत्र २०७५, काठमाडौं

भारतीय क्रिकेट बोर्ड(बिसीसीआई)ले पुलुवामा भएको आतंकवादी हमलामा मारिएका शहीद सैनिकका परिवारलाई भारु २० करोड भारु दिने भएको छ ।

बिसीसीआईले शहीद भएका सैनिक जवानका परिवारको राहत कोष तथा राष्ट्रिय रक्षा कोषलाई २० करोड भारू दिने निर्णय गरेको छ ।

बोर्डले २३ मार्चबाट सुरू हुने भारतिय क्रिकेट लिगको पहिलो दिन भारतीय सेनाका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सो रकम हस्तान्तरण गर्ने उसले जनाएको छ ।

उनीहरूले लिगको भव्य उद्घाटनमा खर्च हुने रकम दिन लागेका हुन् । गत सिजनमा यसका लागि १५ करोड भारू खर्च गरेको बोर्डले यसपटक २० करोड रूपैयाँ खर्च गर्ने योजना बनाएको थियो ।

पुलुवामा घटनामा ४४ बढि सैनिक जवानले ज्यान गुमाएका थिए ।

यो पनि पढ्नुहोस् !

अष्ट्रेलियाविरुद्धको खेलमा ‘सैनिक क्याप’ लगाएको भारतीय टोलीमाथि कारबाही हुनुपर्ने पाकिस्तानको माग !

प्रतिक्रिया दिनुहोस्