०४ चैत्र २०७५, काठमाडौं
वीर्य अर्थात् पुरुषको पुरुषत्व रस ।
यही अर्धतरल पदार्थमा पुरुषको यौनकोष अर्थात् शुक्रकिट हुन्छ । वीर्यरस आफैंमा सृष्टिको अनिवार्य तत्त्व हो । यो पुरुषहरूका लागि कुनै अनौठो कुरा त होइन, तर यस विषयमा केही त्यस्ता तथ्य छन् जसका बारेमा सबैलाई जानकारी नहुन सक्छ ।
–एक स्वस्थ पुरुषले आफ्नो जीवनकालभरिमा सरदर १७ लिटर वीर्य स्खलन गर्छ ।
एकपटकको स्खलनमा वीर्यको मात्रा झन्डै एक चिया चम्चा जति हुन्छ, जसमा ५ देखि २५ क्यालोरी ऊर्जा हुन्छ । एक पटकको स्खलनमा आउने वीर्यमा ३१ करोडदेखि ५१ करोड शुक्रकीट हुन्छन् ।
–वीर्यमा जिंक तथा क्याल्सियम हुन्छ । यी दुवै तत्त्वले दाँत सड्नबाट रोक्छन्, तर टुथपेष्टका रूपमा यसको प्रयोग भने युक्तिसंगत हुँदैन ।
–वीर्यस्खलनका बेला वीर्यको औसत वेग ३१ माइल प्रतिघण्टा हुन्छ र औसत रूपमा यो ७ देखि ११ इन्च पर सम्म पुग्छ । वीर्यमा शुक्रकीट हुन्छ ।
शुक्रकीटको एउटा कोष शरीरमा ५ दिनसम्म बाँच्न सक्छ ।
–वीर्यमा मुड जगाउने विभिन्न खालका रसायन हुन्छन् जसलाई महिलाको योनिले शोषण गर्नसक्छ ।
त्यस्ता रसायनमा सम्भोगका बेला सामीप्यता तथा आकर्षण बढाउने कोर्टिसोल, मन प्रफुल्ल तुल्याउने एस्ट्रोन तथा अक्जिटोसिन, डिप्रेसन कम गर्ने प्रोल्याक्टिन तथा निद्रा नियमित गर्ने मेलाटोनिन आदि प्रमुख छन् ।
–धूम्रपान गर्ने पुरुषको वीर्यको स्वाद खराब हुन्छ । धेरै बन्दा, काउली, ब्रोकाउली, कुरिलो, लसुन, प्याज, मासु तथा माछा खाने पुरुषको वीर्यको स्वाद तीतो वा नुनीलो हुन्छ ।
वीर्यको स्वाद राम्रो बनाउन प्रशस्त पानी पिउनुका साथै प्रशस्त फलफूल एवं सागपात सेवन गर्नुपर्छ, जस्तै, भुइँकटहर, तरभुजा, स्याउ, किबी, आलुबखडा, मेवा आदि ।