ऐश्वर्याको ढोकामा सलमानले पुरा रात रुदैँ बिताएका थिए



०४ चैत्र २०७५, काठमाडौँ

ऐश्वर्या राय र सलमान खान कुनै समयका बलिउडका निकै चर्चित जोडी हुन् । यी दुईको सम्बन्ध हम दिल दे चुके सनम बाट नजिकिएको थियो । त्यसपछि निकै समय यी दुई गहिरो प्रेम सम्बन्धमा थिए । यी दुईको विवाह हुने कुरा समेत चलेको थियो ।

प्रेममा हुँदा ऐश्वर्याले सानै उमेरमा सलमानको लागि आफ्नो परिवार समेत त्यागेकी थिइन् । अहिले पनि यी दुईको सम्बन्धको चर्चा भने चल्न छोडेको छैन । ऐश्वर्याको प्रेममा हुँदा एकपटक सलमानले रातभर ऐश्वर्याको घर बाहिर बसेका पनि थिए । त्यसपटक ऐश्वर्या र सलमानको सम्बन्ध केही बिग्रिन थालेको थियो । उनी मदिरा सेवन गरेर उनको घर गएका थिए र ऐश्वर्याले ढोका नखोलेपछि उनी ढोका बाहिर नै बसेका थिए ।

त्यतिमात्र नभएर सलमानले ऐश्वर्यालाई सुसाइड गर्ने धम्की पनि दिएका थिए । त्यसपछि ऐश्वर्याले ढोका खोलिदिएकी थिइन् । ऐश्वर्याको ढोका ढक्ढक्याउँदा सलमानको हातबाट रगत समेत आएको थियो ।

प्रतिक्रिया दिनुहोस्