‘लब स्टेशन’ को दोस्रो गीत रिलिज, यस्तो देखियो प्रदिप र जसिताको जोडी (भिडियो)



०४ चैत्र २०७५, काठमाडौँ

प्रदिप खड्का अहिलेका निकै चलेका अभिनेता हुन् । यतिबेला भने उनी चलचित्र लब स्टेशन मा व्यस्त छन् । लब स्टेशन यो बर्षको निकै प्रतिक्षित चलचित्र हो । यो चलचित्र दर्शकको लागि विशेष प्रदिप र जसिताको जोडी पर्दामा एकपटक फेरि जोडिएको कारण पनि हो ।

भर्खरै मात्र चलचित्र लब स्टेशन को दोस्रो गीत सार्वजनिक भएको छ । उज्वल घिमिरेको शब्द र शम्भूजित बास्कोटाको संगीत रहेको मेरो आँगनीमा बोलको गीतमा सुरेश लामाको आवाज रहेको छ । निकै रोमान्टिक शैलीको गीतमा प्रदिप र जसिताको निकै मिलेको केमेष्ट्रि देख्न सकिन्छ ।

चलचित्र लब स्टेशन यहि चैत्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रलाई उज्जल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्र लिलिबिली मा प्रदिप र जसिताको जोडीलाई दर्शकले निकै रुचाएका थिए । यसपटक पनि दर्शकले प्रदिप र जसिताको जोडीलाई मन पराउने कुरामा चलचित्र टिम निर्धक्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्