रोनाल्डोको फ्यानहरुका लागि दुःखको खबर, रोनाल्डोमाथि कारबाही हुने !



०५ चैत्र २०७५, काठमाडौं

युनियन अफ युरोपियन फुटबल एसोशियसन (यईएफए)ले पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि कारबाही गर्ने निर्णय गरेको छ ।

च्याम्पियन्स लिगअन्तर्गत एथ्लेटिको मड्रिडसँगको खेलमा जित निकाल्ने क्रममा खुसीयाली मनाउँदा अनुचित व्यवहार गरेको भन्दै रोनाल्डोविरुद्ध यईएफएले कारबाही गर्ने निर्णय गरेको हो ।

रोनाल्डोमाथि एथ्लेटिकोले खेल सकिएको तीन दिनपछि उजुरी दिएको बताइएको छ  ह्याट्रिकमार्फत् युभेन्टसलाई अघिल्लो चरणमा पुर्याएपछि उनले आफ्नो हात गोप्य अंगतिर लगेर अश्लील आशयको सेलिब्रेसन गरेका थिए ।

त्यसअघिको अन्तिम १६ को पहिलो लेगमा एथ्लेटिकोका प्रशिक्षक डिएगो सिमोनीले पनि यस्तै आशयको सेलिब्रेसन गरेका थिए ।

प्रशिक्षक डिएगोले गरेको खराब सेलिब्रेसनका कारण डिएगोले आलोचना मात्र सहनुपरेन । उनीमाथि यईएफएले १७ हजार युरो रकम जरिमाना पनि भराएको थियो ।

डिएगोले गरेको सेलिब्रेसनको जवाफ दिँदै रोनाल्डोले यस्तो सेलिब्रेसन गरेको बताइएको छ ।

डिएगोको ‘जवाफी सेलिब्रेसन’ गरेका रोनाल्डोमाथि यईएफएको अनुशासन समितिले छानबिन गरेको हो । यईएफएले आगामी मार्च २१ मा रोनाल्डोको विषयमा निर्णय गर्नेछ ।

रोनाल्डोमाथि अहिले नै प्रतिबन्धको निर्णय भइसकेको छैन । तरपनि उनीमाथि अन्तिम आठमा एक खेलको प्रतिबन्धको खतरा छ ।

यदि रोनाल्डोमाथि खेल प्रतिबन्धको निर्णय नभए पनि आर्थिक जरिवाना हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्