नायिका रेखा थापाले खरिद गरिन् महिला क्रिकेट टिम



०५ चैत्र २०७५, काठमाडौँ

रेखा थापा नेपालकी निकै चर्चित नायिका हुन् । उनी विगत २ि० बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छिन् । उनले थुप्रै सुपरहिट चलचित्रहरु दिइसकेकी छिन् । पछिल्लो समयमा उनको चलचित्र मालिका प्रदर्शनमा आएको थियो ।

अब रेखा थापा नायिका मात्र नभएर क्रिकेट टिमकी मालिक पनि भएकी छन् । उनले महिला क्रिकेट टिम किनेकी छिन् । उनले एनसिएल टि २० वुमन्स लिगको लागि क्रिकेट टिम खरिद गरेकी छिन् ।

लामो समयदेखि विभिन्न सामाजिक कार्यमा योगदान पुर्याउँदै आएकी रेखाले अब क्रिकेट क्षेत्रमा पनि योगदान दिने भएकी छिन् । क्रिकेट टिम आयोजकले प्रस्ताव राखेपछि आफूले हुन्न भन्न नसकेर रेखाले क्रिकेट टिम खरिद गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्