दुबईमा रवि ओडले ‘सुन साईली’ गीत गाउँदा यसरी रोए दर्शक (भिडियो)



०५ चैत्र २०७५, काठमाडौँ

नेपाल आइडल पछि अहिले रवि ओड निकै व्यस्त छन् । उनी देश तथा विदेशको कार्यक्रममा सक्रिय भैरहेका छन् । त्यस्तै नेपाल आइडल को वल्र्ड टुरका लागि केही समय अघि रवि आफ्नो टिमसँग दुबई पुगेका थिए ।

दुबईमा रविको निकै लोभलाग्दो क्रेज देखिएको थियो । उनी स्टेजमा चढ्नासाथ दर्शकले निकै साथ दिएका थिए । रविको प्रस्तुती हेर्नको लागि दर्शकको थामीनसक्नु भिड पनि रहेको थियो । त्यस्तै रविले सुन साईली साईली बोलको गीत गाउँदा उनका लेडिज फ्यानहरु भक्कानिएर रोएका समेत थिए ।

रविले गीत गाउँदा उनका फ्यानहरु आफ्ना आफन्तलाई सम्झिएर रोएका थिए । त्यस्तै रविले अन्य आफ्ना सुपरहिट गीत गाएर पनि दर्शकलाई मनोरञ्जन दिए । उनीसँग नेपाल आइडल को अन्य उत्कृष्ट ४ प्रतिस्पर्धीले पनि आफ्नो प्रस्तुतीले दर्शकलाई झुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्