सलमान भन्छन्, ‘सबैजना आमिर, शाहरुख र रणवीर हुँदैनन्’



०५ चैत्र २०७५, काठमाडौँ

सलमान खान बलिउडका निकै चर्चित अभिनेता हुन् । त्यतिमात्र नभएर उनी बलिउडमा धेरै जनाको गडफादर पनि हुन् । उनले धेरै कलाकारलाई बलिउडमा भित्र्याएर उनीहरुको भविष्य उज्वल बनाइएका छन् ।

उनी साह्रै मनकारी अभिनेता हुन् । उनलाई एक अन्तवार्तामा कसैले तपाइलाई मलाई चलचित्रमा खेलाइदिन भन्दा के भन्नुहुन्छ भन्ने प्रश्न गरिएको थियो । जसमा सलमानले यदि उसमा क्षमता छ भने म पक्कै पनि अवसर दिन्छु भनेर भनेका थिए ।

उनले सोही प्रश्नको जवाफमा सबैजना आमिर, शाहरुख र रणवीर कहाँ हुन्छन् र भनेका थिए । उनले यी नायकलाई अव्वल नायकको ट्याग दिएका हुन् । आमिर र शाहरुखलाई त यो नामले पहिले देखिनै बोलाइन्थ्यो । तर सलमानले रणवीरलाई पनि यो लिष्टमा राख्नु रणवीरको लागि पक्कै पनि ठूलो एचिभमेन्ट हो ।

प्रतिक्रिया दिनुहोस्