चलचित्र ‘यात्रा’ टिमले यति रमाइलोसँग मनायो होली, तस्बिर भयो भाइरल (फोटो सहित)



०५ चैत्र २०७५, काठमाडौँ

सलिनमान बनियाँ अहिलेका निकै चलेका अभिनेता हुन् । उनी चलचित्र ए मेरो हजुर २ बाट नेपाली चलचित्र क्षेत्रमा उदाएका हुन् । तर पहिलो चलचित्रबाट नै उनले नसोचेको सफलता पाउन सफल भए ।

ए मेरो हजुर २ को सफलतापछि अहिले सलिनमान उनको दोस्रो चलचित्र यात्रा मा व्यस्त छन् । चलचित्र यात्रा यहि चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदैछ । यसैक्रममा चलचित्र यात्रा टिमले निकै राम्रोसँग होली मनाएको छ ।

अहिले उनीहरुका होलीका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भैरहेका छन् । चलचित्र यात्रा टिमको होली निकै रमाइलो भएको हामीले तस्बिरमा देख्न सक्छौँ । चलचित्र यात्रा को टिजर र दुई गीत सार्वजनिक भैसकेको छ । जसले चलचित्रको राम्रै हाइप बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्