आज नायिका आँचल शर्माको जन्मदिन, शुभकामना दिनेको ओइरो



०५ चैत्र २०७५, काठमाडौँ

आँचल शर्मा नेपालकी निकै चर्चित नायिका हुन् । उनले छोटो समयमा नै निकै लोभलाग्दो सफलता हासिल गरेकी छिन् । चलचित्र नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी आँचलले छोटो समयमा नै धेरै चलचित्रमा काम गरिसकेकी छिन् ।

आज तिनै चर्चित नायिका आँचल शर्माको जन्मदिन रहेको छ । नायिका आँचल शर्मा आजबाट २५ बर्षमा लागेकी छिन् । सानै उमेरमा नै आँचलले धेरै चर्चा पाएकी छिन् । उनी चलचित्रमा मात्र नभएर म्यूजिक भिडियोमा पनि उत्तिकै व्यस्त छिन् ।

आज आँचलको जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो लागेको छ । सबैले उनलाई जन्मदिनको निकै शुभकामना दिएका छन् । पछिल्लो समयमा उनले काम गरेको चलचित्र दाल, भात, तरकारी आउँदो बैशाख २० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्