पहिलो पटक चलचित्रमा आलियासँग रोमान्स गर्दै सलमान



०५ चैत्र २०७५, काठमाडौँ

सलमान खान बलिउडका किङ्ग अभिनेताको रुपमा पनि परिचित छन् । उनले बलिउडका अधिकांश नायिकाहरुसँग रोमान्स गरिसकेका छन् । तर अब उनी पहिलो पटक बलिउडकी क्युट नायिका आलिया भट्टसँग पनि रोमान्स गर्ने भएका छन् ।

धेरै समयअघि देखि सलमानले सन्जय लिला भन्सालीको चलचित्रमा काम गर्ने कुरा चलेको थियो । चलचित्रका लागि धेरै कलाकारहरु हुने चर्चा पनि नचलेको होइन । चलचित्रमा शाहरुख खान पनि रहने कुरा थियो । अन्तत सन्जय लिला भन्सालीले निर्देशन गर्ने चलचित्रको नाम र कलाकार फाइनल गरिएको छ ।

इन्साअल्ला नाम रहने चलचित्रम सलमान र आलिया फाइनल भएका छन् । सलमान र आलिया पहिलो पटक यो चलचित्र मार्फत् पर्दामा एकसाथ जोडीको रुपमा देखिदैँ छन् । चलचित्रमा सलमान सोलो नायकको रुपमा रहनेछन् र आलियासँग रोमान्स गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्