आज आफ्नो जन्मदिनमा बुबा आमासँगै आँचलले गरिन् यस्तो पूण्यको काम (भिडियो)



०५ चैत्र २०७५, काठमाडौँ

नायिका आँचल शर्मा आज आफ्नो २५ औँ जन्मदिन मनाइरहेकी छिन् । जन्मदिनको उपलक्ष्यमा आज आँचलले निकै पूण्यको काम गरेकी छिन् । उनी आज आफ्नो जन्मदिनको अवसर पारेर एक अपाङ्ग केन्द्रमा आफ्ना आमाबुबा सँग गएकी थिइन् ।

आँचलले यसपालीको आफ्नो जन्मदिन साना साना बच्चाहरुसँग मनाएकी छिन् । त्यहाँका साना बच्चाहरु आँचललाई देखेर निकै खुसी भएका थिए । आँचललाई सबैले फूल दिएर बर्थडे विस गरेका थिए । आँचलले पनि सबैको लागि चकलेट लिएर गएकी थिइन् ।

आँचलको लागि ती साना बच्चाहरुले केक पनि तयार गरेका थिए । आँचल आएपछि ती बच्चाले आँचललाई केक काट्न पनि लगाए । आँचलले आफू त्यँहा पुग्न पाउनु आफ्नो भाग्यको कुरा भएको पनि बताइन् । उनले आफू जन्मदिनमा निकै खुसी हुन पाएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्