०५ चैत २०७५, काठमाडौं
महानगरीय प्रहरी परिसरको कर्डन एण्ड सर्च कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी प्रभाग कपनले १० हजार लिटर घरेलु तयारी मदिरा नष्ट गरेको छ ।
प्रभागले आफ्नो क्षेत्रमा खटाएको प्रहरी टोलिले चेक जाँच गर्दा घरेलु तयारी मदिरा २५ सय पचास लिटर र कच्चाय पदार्थ ६९ सय लिटर फेलापारी बरामद गरेको जानकारी प्रभाग प्रमुख मीन बहादुर कुबरले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।
महानगरिय प्रहरी बृक्त बौद्धका प्रमुख प्रनाउ नरेन्द्र चन्दको कमाण्डमा खटिएको प्रहरी टोलिले चेक जाँच गर्दा उक्त मदिरा फेलापारी नष्ट गरेको हो ।
सोमबार दिउसो ३ बजेदेखी साझ ६ः३० बजे सम्म प्रभाग कपनले आफ्नो क्षेत्र अन्तर्गत बूनपाका वडा नं १०, ११ र १२ गरि घरेलु तयारी मदिरा तथा कच्चा पदार्थ फेला पारी नष्ट गरेको छ ।
तालुक महानगरीय प्रहरी परिसरको कर्डन एण्ड सर्चमा प्रहरी, स्थानीय सरकारका वडा प्रतिनिधी, संचारकर्मी तथा स्थानीय बासिन्दाको रोहबमा उक्त स्थानमा ढलाई पोखाई नष्ट गरिएको थियो ।
प्रभागले मदिरा नष्ट गरेसँगै अन्य मधिरा उत्पादन गर्न प्रयोग गरिएका ड्रम लगायतका भाडाहरु कार्यालयको नियन्त्रणमा राखेको छ ।