ऋषि धमलाकी छोरीको एउटा हात नै छैैन, छोरीले हात देखाउँदा रोइन् ऋषिकी श्रीमती एलिजा (भिडियो)



०६ चैत्र २०७५, काठमाडौँ

ऋषि धमला नेपालका निकै चर्चित पत्रकार हुन् । उनले सञ्चार क्षेत्रमा आफ्नो निकै राम्रो पहिचान बनाएका छन् । ऋषि धमलालाई नचिन्ने सायद कोही पनि छैनन् होला । उनले बोल्ने गरेका संवाद पनि लगभग सबैलाई थाहा हुन्छ ।

त्यस्तै ऋषि धमलाकी श्रीमती एलिजा गौतम पनि पछिल्लो समयमा निकै चर्चित बन्दै गइरहेकी छिन् । केहीसमय अघि उनको अनुराग नामक चलचित्र प्रदर्शनमा आएको थियो । विडम्बना उक्त चलचित्रलाई दर्शकले त्यति रुचाएनन् । ऋषि धमलाका एक छोरा र एक छोरी छिन् । उनका छोराछोरी निकै साना छन् ।

ऋषि धमलाकी छोरीको एउटा हात नै छैन । उनी सानी छिन् तर उनको एउटा हात आधामात्र छ  । ऋषि धमलाकी छोरी निकै नै प्यारी छिन् । उनी निकै बाठी पनि छिन् । ऋषि धमलाकी श्रीमती आफ्नी छोरीको त्यस्तो हात देख्दा भावुक भएर रुने पनि गर्छिन् ।

प्रतिक्रिया दिनुहोस्