‘पल र मेरो झगडा कहिले पनि हुनै सक्दैन’ : आँचल शर्मा



०६ चैत्र २०७५, काठमाडौँ

आँचल शर्मा पछिल्लो समयकी निकै चर्चित र डिमाण्डेड नायिका हुन् । हिजोमात्र उनले आफ्नो जन्मदिन मनाएकी थिइन् । जन्मदिनमा आँचलले निकै पूण्यको काम गरेकी छिन् । उनले विभिन्न संस्थामा गएर दुखी र गरिबहरुलाई सहयोग गरेकी छिन् ।

आँचलको नाम सधैँभरि नेपालका चर्चित नायक पल शाहसँग जोडिने गरेको छ । आजभोली नेपाली चलचित्र बजारमा पल र आँचलको झगडा चर्चा चलिरहेको छ । आफ्नो जन्मदिनमा पल र आफ्नो सम्बन्ध बारे बोलेकी छिन् । उनले आफूले चलचित्र क्षेत्रमा सबैभन्दा धेरै विश्वास गर्ने मान्छे भनेको नै पल भएकाले पलसँग आफ्नो कहिले पनि झगडा नहुने बताइन् ।

उनले यो फिल्डमा आफ्नो आँखामा राख्दापनि नबिझाउने साथी भनेको नै पल भएको बताइन् । उनले पललाई आफ्नो परिवारको सदस्य भएको समेत बताइन् । आँचलले पल आफ्नो मिल्ने साथी भएको तर प्रेमी भने नभएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्