०७ चैत २०७५, इटहरी
विराटनगरमा जारी महिला साफ च्याम्पियनसिपमा इटहरीकी रेखा पौडेलले पहिलो गोल गरेकी छिन् । विराटनगर स्थित सहिद रङ्गशालामा भएको पहिलो सेमीफाईनलको खेलमा श्रीलङ्का विरुद्ध पौडेलले गोल गरेकी हुन् ।
यो सँगै नेपाल फाइनल समेत प्रवेश गरेको छ । बुधवार भएको खेलमा नेपाललाई पुनम जर्घा मगरले गोल गर्दै सुरुवादी अग्रता दिलाएकी थिइन् । मगरले खेलको ४२ औँ मिनेटमा गोल गरेकी थिइन् । त्यसपश्चात् उच्च मनोबलका साथ खेलेको नेपालले श्रीलङ्का विरुद्ध गोल वर्षा नै गरेको थियो । खेलको खेलको ७३ औँ मिनेटमा अनिता बस्नेतले नेपालका लागी दोस्रो गोल गरेकी थिइन् ।
त्यस्तै खेलको ८३ औँ मिनेटमा साबित्रा भण्डारीले तेस्रो गोल गर्दै खेललाई तिन शून्यको अवस्थामा र्पुयाइन् । लगत्तै खेलको ८५ औँ मिनेटमा कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी रेखा पौडेलले ८७ औँ मिनेटमा गोल गर्दै सम्रगमा खेललाई ४–0 को अवस्थामा पुर्याईन् । अव नेपालले उपाधिका लागी दोस्रो सेमीफाईनलमा भारत र बङ्गलादेश बिच हुने खेलको विजेता सँग प्रतिस्पर्धा गर्ने छ ।
भारत साफमा सबैभन्दा धेरै उपाधि जितेको टोली भएकाले उसलाई यो संस्करणको समेत उपाधि दाबेदार मानिएको छ । यता केही समय अगाडी भारतमा नै भएको हिरो गोल्डकपको उपाधि जितेको नेपाललाई समेत दावेदारका रुपमा हेरीएको छ ।