होलीको दिन अनमोलको ‘क्याप्टेन’ हेर्न पुगे प्रधानमन्त्री केपी वली, भन्छन् म अनमोललाई चिन्दिन (भिडियो)



०७ चैत्र २०७५, काठमाडौँ

यतिबेला देशव्यापी रुपमा चलचित्र क्याप्टेन प्रदर्शन भैरहेको छ । चलचित्रले दर्शक र समिक्षकबाट निकै राम्रो प्रतिक्रिया पनि पाइरहेको छ । चलचित्र क्याप्टेन हेर्न हिजो होलीको अवसर पारेर नेपालका प्रधानमन्त्री केपी शर्मा वली पनि पुगेका थिए ।

उनले चलचित्र हेरेर बाहिर निस्किएपछि आफूलाई चलचित्रले छोएको बताए । त्यतिमात्र नभएर वलीले चलचित्रको कन्सेप्ट आफूलाई निकै राम्रो लागेको बताए । उनले चलचित्र क्याप्टेन हेर्न पाउँदा आफूलाई भाग्यमानी सम्झेको समेत बताए ।

पत्रकारले अनमोल केसीको अभिनय कस्तो लाग्यो भनेर प्रश्न गर्दा वलीले म अनमोललाई चिन्दिन इशान खड्कालाई मात्र चिन्छु भन्दा निकै रमाइलो माहोल समेत बनेको थियो । वलीले अनमोलको अभिनयको पनि मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्