पोखरामा प्रदिप र जसिताले यसरी मनाए होली (फोटो सहित)



०७ चैत्र २०७५, काठमाडौँ

प्रदिप र जसिता नेपाली चलचित्र क्षेत्रका निकै चर्चित जोडी हुन् । लिलिबिली बाट बाधिएको यो जोडीलाई दर्शकले निकै नै रुचाएका छन् । लिलिबिली पछि यो जोडीले एकसाथ काम गरेको चलचित्र लब स्टेशन यहि चैत्र २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

चलचित्र लब स्टेशन को प्रमोशनका लागि पोखरा पुगेका प्रदिप र जसिताले यसपटकको होली पोखरामै मनाएका छन् । प्रदिप र जसितासँगै चलचित्र लब स्टेशन का निर्माता गोविन्द शाही  पनि प्रदिप र जसितासँग पोखरा पुगेका छन् । पोखरामा प्रदिप र जसिताले निकै रमाइलोसँग होली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्