एस.ई.ई परीक्षाको तयारी यसरी गर्दैछिन् अभिनेत्री करिश्मा मानन्धर, दिनमा १६ घण्टा पढ्छिन्



०७ चैत्र २०७५, काठमाडौँ

नायिका करिश्मा मानन्धर यसपटक एसईई परिक्षा दिदैँछिन् । उनले आजभन्दा ४ बर्ष अगाडी स्कुल जान सुरु गरेकी हुन् । पछिल्लो समयमा आएर उनले पढ्नु अत्यावश्यक रहेको कुरा महशुस गर्दै उच्च शिक्षा हासिल गर्ने योजनाले पढाई सुरु गरेकी हुन् ।

करिश्मा अहिले निरन्तर रुपमा आफ्नो एसईई परिक्षाको तयारीमा लागिरहेकी छिन् । उनी दिनमा १६ घण्टासम्म पढ्छिन् । करिश्मा निकै मेहेनती विद्यार्थी हुन् । उनले आफू लगायत सम्पूर्ण एसईई दिने विद्यार्थीहरुलाई राम्रोसँग पढ्न अनुरोध समेत गरेकी छिन् ।

करिश्मा विशेषगरी अग्रेंजी, गणित र विज्ञान विषयको अध्ययन गरिरहेकी छिन् । उनले आफूले सम्पूर्ण विषयको निकै राम्रोसँग अध्ययन गरेर परिक्षामा राम्रो अङ्क ल्याउने समेत बताएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्