०८ चैत्र २०७५, काठमाडौं
कथाकार ‘वियस राई’द्वारा लिखित नाटक ‘जोखना’ आजदेखि प्रदर्शन हुने भएको छ ।
अनामनगरस्थित मण्डला नाटक घरमा आजदेखी मञ्चन हुने नाटक ‘जोखना’ अघिल्लो महिना सम्पन्न पहिलो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा समेत प्रदर्शन भएको थियो ।
कथाको नाट्य रुपान्तर चर्चित साहित्यकार तथा मदन पुरस्कार विजेता लेखक राजन मुकारुङले गरेका हुन् भने नाटकको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् ।
चाम्लिङले यसअघि बहु–चर्चित नाटक ‘लाटो पहाड’को निर्देशन गरिसकेका छन् ।
‘जोखना’मा नेपालमा भएको दश वर्षे जनयुद्धको प्रभावलाई प्रकाश पारिएको छ । त्यसैगरी नामजस्तै नाटकमा नेपालमा भएको विशेष सभ्यताहरुद्वारा आधुनिक युवाहरुको मानसिकतालाई पनि नियाल्न खोजिएको छ ।
नाटकमा संगीता थापा, रुपेश लामा अनिल र सुब्बा विशेष भूमिकामा देखिने छन् । साथै, यसमा सन्जिव राई, कविराज राई, मानहाङ राई, पवित्रा राई, निशा पाख्रिन, सुदर्शन क्षेत्री, दिवान रसाइली र मनिकुमार राईको पनि अभिनय रहेको छ ।
आजबाट सुरु हुने नाटक सोमबारबाहेक पुरै महिना प्रदर्शन हुने छ ।
यो पनि हेर्नुहोस् !