नेपालकी अलिना तुलाधर ‘मिसेस टप अफ द वर्ल्ड– २०१९’मा भिड्दै !



०९ चैत्र २०७५, काठमाडौं

युरोपको लातभियाको रिगा शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टप अफ द वर्ल्ड– २०१९’मा नेपालको प्रतिनिधित्व अलिना तुलाधरले गर्ने भएकी छन् ।

‘मिसेस् टप अफ द वर्ल्ड २०१९’का लागि आधिकारीक प्रतिनिधि पठाउने संस्था ईप्लानेट प्रा।लिले शुक्रबार होटल सोल्टीमा एक कार्यक्रम गर्दै ‘मिसेस् टप अफ द वर्ल्ड नेपाल २०१९’को क्राउन पहिर्याउदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो ।

व्यतिको बौद्धिक क्षमता र व्यक्तित्वको सौन्दर्यलाई मात्र नभई गौरवशाली राष्ट्रिय पहिचानको सौन्दर्यलाई अन्तर्राष्ट्रिय मंचमा प्रचार प्रसार गर्ने उदेश्य सहित अलिनालाई ‘मिसेस् टप अफ द वर्ल्ड २०१९’मा पठाउन लागेको ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले बताए ।

उद्देश्य पूर्तिका लागि ‘मिसेस् टप अफ द वर्ल्ड’ एउटा बलियो माध्यम भएको उनले खुलाए ।

ग्रीन आर्टस् मिडिया प्रा।लिकी अनिला श्रेष्ठको व्यवस्थापनमा एलिनालाई प्रतियोगिताको लागि छानिएको हो । २९ देखि जून २ तारिखसम्म आयोजना हुने प्रतियोगितामा एलिना कोरियोग्राफर रोजिन शाक्यबाट अन्तर्राष्ट्रिय प्रतियोगिता सम्बन्धीत बिभिन्न प्रशिक्षण सहित सहभागिता जनाउने छिन् ।

स्नात्तकोत्तर अध्ययन पूरा गरेकी अलिना तुलाधर हाल सिभिल ग्रुपमा आबद्ध छिन्, भने उनी व्युटिसियन पनि हुन् । मिसेस् टप अफ द वल्डर्मा यसअघि रजनी थापाले वर्ष २०१५को संस्करणमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

जसमा उनले फोर्थ २०१५ रनर अप तथा मिसेस् डायमण्ड अफ द वर्ल्डको अवार्ड जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्