आठौं राष्ट्रिय खेलकूदको मिती टुङ्गो नलाग्दै, खेल स्थान तय ! हेर्नुहोस् कुन खेल कहाँ हुँदैछ?



०९ चैत्र २०७५, काठमाडौं

प्रदेश नं ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकूदको खेल स्थान तय भएको छ ।

खेल प्रदेश ५ को विभिन्न स्थानहरुमा हुने छ । यद्यपी खेल हुने मिती भने तय भई नसकेको जनाईएको छ ।

फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो नेपालगञ्जमा हुने छ ।

त्यस्तै पुरुष क्रिकेट र साईक्लिङ बाँकेको कोहलपुरमा संचालन हुने भएको छ । त्यस्तैगरी महिला–पुरुष भलिबल र हक्की खजुराको शुक्र मावीमा हुने तय भएको छ भने, ज्ञानोदय मावीमा बक्सिङ प्रतियोगिता हुने बताईएको छ ।

त्यस्तैगरी खो–खो र बाँसगढीमा, महिला–पुरुष कबड्डी प्रतियोगिता गुलरियामा सम्पन्न हुने छ ।

कुस्ती कपिलवस्तुमा, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स र महिला फुटबल संचालन हुने छ भने, तुलसीपुरमा कराते र उसु खेल हुने छ ।

प्रतियोगितामा समावेश कूशल ३८ खेलमध्ये १५ विधामा हुने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्