चलचित्र ‘ए मेरो हजुर ३’ को ‘परान’ बोलको गीतले बनायो नयाँ रेकर्ड, २४ घण्टामा १० लाखभन्दा बढी भ्यूज



१० चैत्र २०७५, काठमाडौँ

चलचित्र ए मेरो हजुर ३ यो बर्षको निकै प्रतिक्षित चलचित्र हो । चलचित्र ए मेरो हजुर ३ को केहीसमय अघि टिजर र जीन्दगी नै भन्दिन बोलको गीत सार्वजनिक गरिएको थियो । सार्वजनिक गीत र टिजरबाट सकरात्मक प्रतिक्रिया पाइरहँदा चलचित्र टिमले नयाँ गीत रिलिज गरेको छ ।

परान बोलको गीतमा आशिस अविरलको शब्द र संगीत रहेको छ भने गीतमा आवाज आशिस अविरल र अञ्जु पन्तले दिएका छन् । उक्त गीतले नयाँ रेकर्ड कायम गरेको छ । उक्त गीतलाई सार्वजनिक भएको २४ घण्टामा युट्युबमा १० भन्दा बढी पटक हेरिएको छ । यो अहिलेसम्मकै सबैभन्दा छोटो समयमा धेरै भ्यूज पाएको गीत हो ।

निकै रमाइलो शैलीको गीतलाई कविराज गहतराज, रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र सुहाना थापाका साथ सलोन बस्नेत, रेअर राई, रुपा घिसिङलाई फिचर्ड गराइएको छ । चलचित्र ए मेरो हजुर ३ आउँदो चैत्र २९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्